बैदेशिक रोजगार ऋण
Interest Rate: 12.50%
Features
सदस्य वा निजको एकाघरका परिवारको सदस्य रोजगारीको लागि विदेशमा जान(श्रम ईजाजत पत्र र भिसा प्राप्त भए पछि मात्र) को लागि दिइने ऋणका लागि बैदेशिक रोजगार ऋण भनिनेछ । यस प्रकारको ऋण रोजगारमा जाने देशको भिसा प्रक्रियाको लागि लाग्ने खर्च तथा टिकट खर्चको आधारमा मात्र प्रदान गर्न सकिनेछ । यस प्रकारको ऋणको अवधिकतम सीमा रु ३ लाखसम्मको हुनेछ । १ ऋणको अवधि यस प्रकारको ऋणको अवधि अधिकतम २ वर्षको हुनेछ । २ ग्रेस समय यस प्रकारको ऋण्मा अधिकतम ३ महिनासम्मको ग्रेस समय प्रदान गर्न सकिनेछ । तर ग्रेस समयको अवधिभर किस्ताबन्दी तालिकमा उल्लेखित समय अनुसार ब्याज भुक्तानी गर्नुपर्नेछ । ३ ब्याजदर यस शीर्षकमा ब्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिमको हुनेछ । ४ भुक्तानी तरिका ऋणको भुक्तानी एक मुष्ठ मासिक÷त्रैमासिक किस्तावन्दीमा तिर्नु पर्नेछ ।
